Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

गभर्नर पौडेलको पहलमा सेयर बजारमैत्री नीति, सेयर धितो कर्जाको जोखिमभार घटाइयो

गभर्नर पौडेलको पहलमा सेयर बजारमैत्री नीति, सेयर धितो कर्जाको जोखिमभार घटाइयो

काठमाडाैं, १२ जेष्ठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको शुरुवातमै सेयर बजारलाई उत्साह दिनेसहितको नीति सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक गरिएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत गभर्नर पौडेलले सेयर बजारमैत्री उपायहरू प्रस्तुत गरेका हुन्।

समिक्षामा विशेषगरी सेयर धितो कर्जासम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरिएको छ। अबदेखि सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिने व्यवस्था गरिएको छ। यसले वित्तीय संस्थाहरूलाई सेयर धितो कर्जा प्रवाह गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ, जसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

त्यस्तै, लगानीमैत्री वातावरण निर्माण गर्न र विदेशी लगानी प्रोत्साहन गर्नसमेत समिक्षामा उल्लेखनीय उपायहरू समावेश गरिएको छ। समिक्षामा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्था समेट्दै “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिने जनाइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *