Date

शनि, जेष्ठ २४, २०८२
Sat, June 7, 2025

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

काठमाडाैं, १२ जेष्ठ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। शुक्रबार केन्द्रिय बैंकले उक्त समीक्षा सार्वजनिक गर्दै देशको समष्टिगत आर्थिक अवस्थाका आधारमा केही नीतिगत संशोधनहरू ल्याएको छ।

समीक्षामा मूल्य स्थिरता, वित्तीय स्थायित्व र समग्र आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न प्रयास गरिएको जनाइएको छ। साथै, पछिल्लो समय देखिएको लगानी घट्दो अवस्थामा रोक लगाउन र निजी क्षेत्रको कर्जा प्रवाहलाई बढावा दिन केही उपायहरू अवलम्बन गरिएका छन्।

समीक्षामा विशेषगरी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिने व्यवस्था गरिएको छ, जसले सेयर बजारमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ। साथै, लगानी प्रवाह र विदेशी पूँजी भित्र्याउन “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” लागू गर्ने तयारी गरिएको छ।

राष्ट्र बैंकका अनुसार, महंगी नियन्त्रण, मुद्रास्फीति व्यवस्थापन र वित्तीय पहुँचलाई सुदृढ गर्न समिक्षामा आवश्यक नीतिगत समायोजनहरू गरिएको छ। आगामी त्रैमासिक अवधिमा देशको आर्थिक गतिशीलता थप सुधार गर्न मौद्रिक नीतिमा लचिलोपन अपनाइने समेत उल्लेख गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *