Date

सोम, जेष्ठ १९, २०८२
Mon, June 2, 2025

मंगलबार नेप्से सामान्य उकालो, विकास बैंक समूहले लियो अग्रता, कारोबार रकम भने घट्दै

मंगलबार नेप्से सामान्य उकालो, विकास बैंक समूहले लियो अग्रता, कारोबार रकम भने घट्दै

काठमाडाैं, १३ जेष्ठ । मंगलबारको सेयर बजार कारोबार सामान्य रूपमा हरियालीमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.८५ अंकले वृद्धि भई २६७५.६२ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स १.२५ अंकले, फ्लोट इन्डेक्स ०.११ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४५ अंकले उकालो लागेको छ।

तर, पछिल्ला दिनहरूमा बजारमा कारोबार रकम भने घट्दो क्रममा देखिएको छ। मंगलबार ६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो, जुन सोमबारको ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ र आइतबारको ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँको तुलनामा घटेको हो।

सकारात्मक सर्किट लेभलमा उक्लिने कम्पनीहरूको सूचीमा कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, र पियोर इनर्जी परेका छन्। यता, गुँरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.०९ प्रतिशतले घटेर सबैभन्दा बढी घाटामा गयो, भने उपकार लघुवित्तको मूल्य ४.७९ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा यूनिभर्सल पावर कम्पनी सबैभन्दा अगाडि रह्यो, जसको ६३ करोड ५८ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भयो। राधी विद्युत कम्पनी दोस्रो स्थानमा रहँदै ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचकमा वृद्धि देखियो भने ६ उपसमूह घटे। सबैभन्दा बढी विकास बैंक समूह १.७६ प्रतिशतले उक्लियो। बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, र व्यापार समूहहरूमा पनि सुधार देखियो। यता, माइक्रोफाइनान्स, फाइनान्स, लगानी, जीवन बीमा, निर्जीवन बीमा, र अन्य उपसमूह घटे।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *