Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

सेयर बजारमा दोहोरो अंकको सुधार

सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, २८ साउन । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजारमा सोमबार भने सुधार आएको छ । सोमबार सेयर बजार १०.४३ अंकले बढेर ११७४.३७ बिन्दुमा उक्लिएको छ ।

आइतबार मात्र बजार १६.६९ अंकले घटेको थियो ।

सोमबार कारोबारमा आएको मध्ये होटल समुहको परिसूचक घटे पनि अन्य सबै समुहको परिसूचक उकालो लागेको छ । होटल समुहको परिसूचक २.५ अंकले घटेको छ । तर विकास बैंक समूहको परिसूचक १६.२२, हाइड्रोपावर ३.९८, फाइनान्स २.३६, नीर्जिवन बीमा ७५.५५, जीवन बीमा ११०.८५, माइक्रोफाइनान्स १५.०२ अंकले बढेको छ।

तर कारोबार रकममा भने आइतबारको तुलनामा झन्डै आठ करोडले कम भएको छ । सोमबार १ सय ५४ कम्पनीको १६ करोड रुपैयाँ बारबरको मात्र कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *