Date

शुक्र, जेष्ठ १६, २०८२
Fri, May 30, 2025

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री पौडेलले ‘आर्थिक वर्ष २०८१–०८२ को आर्थिक सर्वेक्षण’ पेस गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री पौडेलले ‘आर्थिक वर्ष २०८१–०८२ को आर्थिक सर्वेक्षण’ पेस गर्ने

काठमाडौं, १४ जेष्ठ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी सांसदका मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन–२०८२’ पेस गर्ने छिन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन–२०८२’ पेस गर्ने छन् ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१–०८२ को आर्थिक सर्वेक्षण’ पेस गर्ने छन् ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८२ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी मन्त्री अधिकारीले उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव गर्ने छन् ।

मङ्गलबारको बैठक भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो ।

मङ्गलबारको संसद बैठकमा विपक्षीहरूले अवरोध गरेपछि समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिहरूसँग छलफल गरे पनि विपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *