Date

शुक्र, जेष्ठ १६, २०८२
Fri, May 30, 2025

सञ्चार, पर्यटन, वन र शिक्षा मन्त्रालयमध्ये वनलाई सर्वाधिक बजेट

सञ्चार, पर्यटन, वन र शिक्षा मन्त्रालयमध्ये वनलाई सर्वाधिक बजेट

काठमाडौं, १५ जेष्ठ। सरकारले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको जनकारी दिए ।

यसैगरी सरकारले पर्यटन मन्त्रालयको लागि यो वर्ष १३ अर्ब २८ करोड बजेट विनियोजन  गरेको छ । यो वर्ष सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न चार अर्ब रुपैयाँ भन्दा छुट्याएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ । वन तथा वातावरण मन्त्रालयका लागि सरकारले १८ अर्ब ६१ करोड बजेट विनियोजन गरेको छ ।

यसैगरी सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ अर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *