Date

शनि, जेष्ठ १७, २०८२
Sat, May 31, 2025

सरकारले थप ५ लाख नागरिकलाई जग्गाको लालपूर्जा वितरण गर्ने

सरकारले थप ५ लाख नागरिकलाई जग्गाको लालपूर्जा वितरण गर्ने

काठमाडौं, १५ जेष्ठ। सरकारले जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकता दिएको छ ।

बिहीबार संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको बाँकी काम सम्पन्न गर्ने बताए ।  उनले ग्रिन हाइड्रोजनको सम्भाव्यता अध्ययन गरिने बताए । तामाकोशी–५ आयोजनाको निर्माणलाई तीव्रता दिइने पनि जानकारी दिए ।

यस्तै,सरकारले आगामी आर्थिक वर्षमा थप ५ लाख नागरिकलाई जग्गाको लालपूर्जा वितरण गर्ने योजना ल्याएको छ । उनले भूमिसम्बन्धी कानुनमा संशोधन गरी पाँख लाख परिवारलाई लालपूर्जा प्रदान गर्ने घोषणा गरेका हुन् ।

उनका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *