Date

बिहि, जेष्ठ २२, २०८२
Thu, June 5, 2025

राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकको हेरफेर, भर्खरै बढुवा भएका रावललाई सुपरिवेक्षणको जिम्मा

राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकको हेरफेर, भर्खरै बढुवा भएका रावललाई सुपरिवेक्षणको जिम्मा

काठमाडौं, २० जेष्ठ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर गरिएको छ । गभर्नर विश्व पौडेलले दुई कार्यकारी निर्देशकको सरुवा र एक जनाको पदस्थापन गरेको राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए ।

केही दिनअघि मात्रै निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घ रावललाई बैङ्क तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख बनाइएको छ । यसअघि बैङ्क सुपरिवेक्षणका कार्यकारी निर्देशक रामु पौडेल र मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ ।

त्यस्तै, मद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । यसअघि उक्त विभागमा तुल्सी नेपालले अनिवार्य अवकाश पाएका थिए । यस अनुसार तीन जनाको सरुवा र एक जनाको पदस्थापन गरिएको हो ।

यसअघि, आर्थिक अनुसन्धान विभाग, मानव संसाधन व्यवस्थापन विभाग, बैङ्किङ विभाग र गभर्नर कार्यालयमा कार्यकारी निर्देशक परिवर्तन गरिएको थियो । अनुसन्धान विभागमा भएका कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानिएको थियो । मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको प्रमुख बनाइएको थियो ।

यस्तै, बैङ्किङ विभागको कार्यकारी निर्देशक रहेका विश्रुत थापालाई मानव संसाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको थियो । बैङ्किङ विभागमा डा. डिल्लीराम पोखरेललाई पदस्थापन गरिएको छ । उनी पनि हालै कार्यकारी निर्देशक बनेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *