मंगलबार सुनको मूल्यमा ६ सय रूपैयाँको गिरावट, चाँदीको मूल्यमा १५ रूपैयाँको वृद्धि

काठमाडाैं, २७ जेष्ठ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। पछिल्ला केही दिनदेखि घट्दो क्रममा रहेको सुनको मूल्यले मंगलबार पनि सोही धारालाई निरन्तरता दिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेर १,९०,००० रूपैयाँ पुगेको छ। सोमबार सुनको मूल्य १,९०,६०० रूपैयाँ थियो, जुन आइतबारको तुलनामा १०० रूपैयाँले घटेको थियो। यस हिसाबले आइतबारदेखि मंगलबारसम्म जम्मा ७ सय रूपैयाँको गिरावट आएको छ।
अर्कोतर्फ, चाँदीको मूल्य भने आज थोरै वृद्धि भएको छ। सोमबार प्रतितोला २,१५० रूपैयाँ मा कारोबार भएको चाँदीको मूल्य मंगलबार १५ रूपैयाँले बढेर २,१६५ रूपैयाँ पुगेको छ।