शिर्षक: बुधबार सुनकाे मूल्यमा प्रतितोला १३०० रुपैयाँकाे वृद्धि, चाँदी स्थिर

काठमाडाैं, २८ जेष्ठ । बुधबार नेपाली बजारमा सुनकाे मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ, जुन हिजोको तुलनामा १३०० रुपैयाँले बढी हो। मंगलबार प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको सुन आज मूल्यवृद्धिसँगै नयाँ उच्च बिन्दुमा पुगेको हो।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको थियो। चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।