Date

बिहि, जेष्ठ २९, २०८२
Thu, June 12, 2025

रसुवागढी नाकाबाट चीन निर्मित १४,५०० इ-भेहिकल्स आयात, २,५७० भन्सार प्रक्रियासमेत सम्पन्न

रसुवागढी नाकाबाट चीन निर्मित १४,५०० इ-भेहिकल्स आयात, २,५७० भन्सार प्रक्रियासमेत सम्पन्न

काठमाडाैं, २८ जेष्ठ । गत १० वर्षको अवधिमा रसुवागढी नाका हुँदै १४,५०० वटा चीनमा निर्मित विद्युतीय सवारीसाधन (इ-भेहिकल्स) नेपाल भित्रिएका छन्। इ-भेहिकल्सको आयातमा तीव्र वृद्धि भइरहेसँगै ती सवारीसाधनहरू टिमुरे, घट्टेखोला र रसुवागढी क्षेत्रमा थुप्रिएका छन्।

आयातकर्ताहरूले समयमै भन्सार प्रक्रिया पूरा गर्न नसक्दा ठूलो सङ्ख्यामा सवारीसाधनहरू गोदाम तथा खुल्ला क्षेत्रमा राख्नुपरेको छ। रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रविन्द्र प्याकुरेलका अनुसार हालसम्म २,५७० सवारीसाधनहरूको भन्सार प्रक्रिया सम्पन्न भइसकेको छ। ती सवारीसाधनहरू काठमाडौंतर्फ पठाउने कार्य अघि बढाइएको जानकारी उनले दिए।

रसुवागढी नाका चीनबाट विद्युतीय सवारीसाधन मात्रै होइन, जुत्ता, चप्पल, रेडिमेड कपडा तथा विद्युतीय सामानहरू समेतको आयातका लागि महत्त्वपूर्ण मार्ग बनेको छ। आयात प्रक्रियामा देखिएको ढिलाइका कारण गोदाममा सवारीसाधन जम्मा हुनुका साथै ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको स्थानीय प्रशासनले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *