Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

फेरी बढ्यो पेट्रोलियमको मूल्य

फेरी बढ्यो पेट्रोलियमको मूल्य

काठमाडौं, ३ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार मध्यरातदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । खासगरी अमेरिकी डलर मजबुत हुँदा पेट्रोलियम पदार्थको मूल्य बढाउनुपरेको निगमले जनाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया तथा डिजेल र मटितेलमा प्रतिलिटर दुई–दुई रुपैँया मूल्य बढाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैँया ५० पैसा मूल्य बढाएको छ भने अन्तर्राष्ट्रिय हवाई सेवातर्फ एक हजार लिटरमा ५० अमेरिकी डलर मूल्य बढाइएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल १११ रुपैँया प्रतिलिटर, डिजेल र मटितेल ९५ रुपैँया प्रतिलिटर र हवाई इन्धन आन्तरिक प्रतिलिटर १०४ रुपैँया ५० पैसा र हवाई इन्धन अन्तर्राष्ट्रिय वायुसेवातर्फ प्रति हजार लिटर १,१२५ अमेरिकी डलर प्रतिलिटर पुगेको छ ।
पछिल्लो मूल्य समायोजनपछि निगमलाई प्रतिलिटर पेट्रोल बिक्रीमा ६५ पैसा नाफा छ भने मटितेल र हवाई इन्धनमा पनि नाफा छ । तर, प्रतिलिटर डिजेल बिक्रीमा ७० पैसा घाटा रहेको छ । त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २८० रुपैँया ६४ पैसा घाटा रहेको छ । यो मूल्यसूची अनुसार, निगमलाई १५ दिनमा ७ करोड २१ लख रुपैँया नोक्सानी हुने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि नभएको भएपनि भारतीय र नेपाली रुपैँयाको अवमूल्यनका कारण मूल्य बढ्न गएको हो । निगमले भारतीय आयल कर्पोरेसनबाट अमेरिकी डलरमा मूल्यसूची प्राप्त गर्छ र सोही आधारमा भुक्तानी हुन्छ । निगमले अंग्रेजी महिनाको हरेक १५ दिनमा भारतीय आयल कर्पोरेसनबाट अन्तर्राष्ट्रिय बजार मूल्य अनुसारको मूल्यसूची प्राप्त हुन्छ र सोही आधारमा आयल कर्पोरेसनको बिल भुक्तानी हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x