Date

आइत, असार ८, २०८२
Sun, June 22, 2025

संसदमा प्रतिपक्षीको प्रदर्शन जारी: गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग, माओवादी केन्द्र पछि हट्यो

संसदमा प्रतिपक्षीको प्रदर्शन जारी: गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग, माओवादी केन्द्र पछि हट्यो

काठमाडाैं, ८ असार । गृहमन्त्री रमेश लेखकको राजीनामा र ‘भिजिट भिसा’ काण्डको छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन आयोग गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आइतबार पनि प्रतिनिधि सभामा विरोध प्रदर्शन जारी राखेका छन्।

यी दलहरूको विरोध प्रदर्शन आज २६औँ दिनमा प्रवेश गरेको छ। सदनमा अवरोधका बाबजुद पनि सभामुख देवराज घिमिरेले विपक्षीको अवरोधलाई बेवास्ता गर्दै सदनको कारबाही अगाडि बढाएका थिए। सभामुखको यो कदमले गर्दा राप्रपाले सदन बहिस्कार गरेको छ भने रास्वपाका सांसदहरूले भने सदनको वेल घेराउ गरेर विरोध प्रदर्शन जारी राखेका छन्।

सत्रको सुरुमा रास्वपा सांसद असीम शाह र राप्रपाका धवलशमशेर राणाले सदनलाई सम्बोधन गर्दै आफ्ना मागहरू दोहोर्याएका थिए। तर, सभामुख घिमिरेले विपक्षीको आपत्तिलाई बेवास्ता गर्दै आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अगाडि बढाएका थिए।

यसैबीच, सत्ता गठबन्धनका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले गृहमन्त्री लेखकको राजीनामाको माग अस्वीकार गर्दै उनलाई समर्थन गरेका छन्। मुख्य विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पनि यसअघिको आफ्नो अडानबाट पछि हटेर विरोध प्रदर्शनमा भाग लिएको छैन।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *