Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बिस्फोट नहुने ग्यास सिलिन्डर बजारमा

बिस्फोट नहुने ग्यास सिलिन्डर बजारमा

काठमाडौं, ४ भद्रौ । नेपाल एलपि ग्यास उद्योग संद्यले ग्यास सिलिण्डरमा हुने खतरालाई अन्त्य गर्न कम्पोजिट फाइबर एलपि ग्यास सिलिण्डर बजारमा ल्याएको छ । १० हजार ६ सय रुपैयाँ प्रति सिलिण्डर ग्यासको मुल्य तोकेर कम्पनीले आईतबार देखि सिलिण्डर बजारमा ल्याएको हो ।

हाल बजारमा उपलब्ध करिब ७० बर्ष पुरानो फलामको ग्याँस सिलिण्डर भन्दा कम्पोजिट ग्याँस सिलिण्डर बढी टिकाउ, पारर्दर्शी, सुरक्षित र भरपर्दो हुनुका साथै फाइबरले बनेकोले सिलिण्डर हलुको भएको संघले जानकारी दिएको छ ।

आधुनिक प्रविधिबाट निर्मित कम्पोजिट सिलिन्डर कार्बन कम्पोजिट फाइबरले बनेको एलपि सिलिन्डरलाई मल्टी नेशनल कम्पनी टाइम टेक्नोप्लाष्ट लिमिटेडले उत्पादन गरेको लाइट सेफ ब्राण्ड एलपि सिलिण्डर हो । कम्पोजिट सिलिण्डर १४ दशमलव २ किलो र ५ किलोमा बजार उपलब्ध हुने छ ।

१४ दशमलव २ किलो फाइबर सिलिण्डरको ग्यास वाहेक ९ हजार २ सय २५ रुपैयाँ र पाँच किलोको ६ हजार ९ सय ८५ रुपैयाँ पर्छ । सिलिण्डर पारदर्शी भएकाले उपभोक्ताले ग्यासको तह सजिलै जाँच्न सक्ने छन् साथै अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त हुने कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x