Date

बुध, असार ११, २०८२
Wed, June 25, 2025

वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा पेट्रोलियम पदार्थको दबदबा: ११ महिनामा ७३ अर्बभन्दा बढी आम्दानी

वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा पेट्रोलियम पदार्थको दबदबा: ११ महिनामा ७३ अर्बभन्दा बढी आम्दानी

काठमाडाैं, ११ असार । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थको आयातबाट सर्वाधिक ७३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो अवधिमा कार्यालयले पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातमा कुल १७४ अर्ब रुपैयाँ खर्च गरेको थियो। २० प्रमुख वस्तुको आयातबाट संकलित कुल राजस्वमध्ये पेट्रोलियम पदार्थको हिस्सा ४६.४३ प्रतिशत रहेको छ।

वीरगञ्ज भन्सार कार्यालयको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारी साधनको आयात रहेको छ। यसैगरी, सवारी साधन र तिनका स्पेयर पार्टपुर्जाहरूको आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको छ, जसको हिस्सा ११.२३ प्रतिशत रहेको छ।

त्यस्तै, कार्यालयले फलाम र फलामबाट बनेका वस्तुहरूको आयातबाट ५ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ भने मेसिनरी वस्तु तथा तिनका पार्टपुर्जाहरूको आयातबाट ५ अर्ब २६ करोड रुपैयाँ राजस्व उठेको छ। यस अवधिमा विद्युतीय मेसिनरी र तिनका पार्टपुर्जाहरूको आयातबाट ३ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। सबै प्रकारका कपडाहरूको आयातबाट ३ अर्ब ०६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयले सुर्ती र सुर्तीजन्य उत्पादनको आयातबाट २ अर्ब ५८ करोड रुपैयाँ, कस्मेटिक उत्पादनबाट २ अर्ब ५२ करोड रुपैयाँ, प्लास्टिकको कच्चा पदार्थबाट २ अर्ब ३२ करोड रुपैयाँ, र अन्य लुब्रिकेन्ट तेलबाट २ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *