Date

बिहि, असार १२, २०८२
Thu, June 26, 2025

सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत “डिजिटल लोन अगेन्स्ट फिक्स्ड डिपोजिट” सुविधा

सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत “डिजिटल लोन अगेन्स्ट फिक्स्ड डिपोजिट” सुविधा

काठमाडाैं, १२ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको सेवालाई अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ।

ग्राहकहरुलाई सरलिकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेप (Fixed Deposit) को आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन्। यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा रु २ लाख रुपैयाँ सम्म (कम्तीमा रु ५ हजार देखि) ऋण लिन सक्नेछन्। सो रकम आवेदकको बचत खातामा तत्कालै जम्मा हुनेछ। यसमा कुनै पनि भौतिक कागजात गर्नुपर्ने छैन। सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोग मार्फत आफ्ना ग्राहकहरुको समय, श्रम र स्रोतको बचत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निरन्तर रुपमा नयाँ-नयाँ डिजिटल सेवा ल्याउने क्रममा यो सेवा पनि थप गरिएको हो।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड “बैंक अफ द इयर २०२२” को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरि ६१ जिल्लामा फैलिएका आफ्ना १८० वटा शाखा, १३८ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ९४ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १२ लाख ७० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *