Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नोटबन्दीबारे हतार गर्नु हुदैन : गभर्नर नेपाल

नोटबन्दीबारे हतार गर्नु हुदैन : गभर्नर नेपाल

काठमाडौं, ६ भद्रौ । अर्थ समितिले तरलता अभाव समस्या समधानका उपायाहरुको खोजी गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले बैंक तथा वित्तीय संस्थाको आँकडा, बैंकहरुबाट भएको लगानीको क्षेत्रगत अवस्था, निक्षेप र कर्जाको स्थिति, नाफाको विवरण, कर्जा र निक्षेपको औसत अवधि, मर्जरको प्रभाव र दीर्धकालीन पूँजीको विवरण तथा संघ, प्रदेश र स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्थाको अवस्थाबारे तथ्याङ्क पनि माग गरेको छ।

समितिले राष्ट्र बैंकको लक्ष्य अनुसार स्थानिय तहमा कहिले सम्म बैंक तथा वित्तिय संस्थाहरुको शाखा पुगिसक्छ भनि खरो प्रश्न पनि गरेको थियो । साथै बैठकमा उपस्थित सांसद्हरुले मुलुकको अर्थतन्त्र वृद्धिमा राष्ट्र बैंकको ठुलो भुमिका रहने बताउदै ऋणको ब्याजदर घटाउन, दिर्गकालीन योजनामा राष्ट्र बैंकले लगानी बढाउन र कालो धनलाई निरुत्साहित गर्न नोट वन्दीको प्रस्ताव समेत सांसदहरुले केन्द्रिय बैंकसंग माग गरेका थिए ।

राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले देशको अर्थतन्त्रको अबस्थाबारे र केन्द्रिय बैंकको हाल सम्म गरेको काम कारवाही, भावी योजनाबारे जानकारी गराएका थिए ।नेटबन्दीबारे सांसदहरुको प्रश्नको जवाफ दिदै उनले नोटवन्दी संवेदनशिल विषय भएको भन्दै यस विषयमा अहिले सोच्नु नुहने बताए ।

भारुको नोटवन्दीले अन्तर्राष्ट्रिय विश्वसनिता गुमाएको भन्दै उनले नेपालमा नोटवन्दी गर्ने बेला आइनसकेको उल्लेख गरे । विगत २ बर्षयता बैंक तथा वित्तिय संस्थाहरुमा लगानी योग्य पुजीँको समस्या बढदै गएपछि सो समस्याको दिर्घकालिन समाधान खोजी गर्ने पनि उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x