Date

बिहि, असार १२, २०८२
Thu, June 26, 2025

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा एफएओ सम्मेलनमा भाग लिन इटाली प्रस्थान गर्दै

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा एफएओ सम्मेलनमा भाग लिन इटाली प्रस्थान गर्दै

काठमाडाैं, १२ असार । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को ४४ औं सत्रमा भाग लिनका लागि भोलि (शुक्रबार) इटालीको रोम प्रस्थान गर्ने छन् । उक्त सम्मेलन जुन २८ देखि जुलाई ४, २०२५ सम्म रोममा हुँदैछ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार, मन्त्री राणाले एफएओ सम्मेलनको मुख्य सत्रका साथै अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। परराष्ट्रमन्त्री राणाको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा अस्ट्रियाका लागि नेपालका राजदूत तथा एफएओका लागि नेपालका स्थायी प्रतिनिधि भरतकुमार रेग्मी, परराष्ट्र मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्।

सम्मेलनपछि परराष्ट्रमन्त्रीले इटालीको मिलान, साथै जर्मनीको ह्यामबर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा पनि भाग लिने कार्यक्रम रहेको छ। उहाँ जुलाई १३, २०२५ मा काठमाडौं फर्किन्छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *