Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

सेयर धितो कर्जाको सीमा बढ्यो: अब एक राष्ट्र बैंकको मौद्रिक नीति २०८२/८३: मुद्रास्फीति ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य, निजी क्षेत्रमा १२ प्रतिशत कर्जा वृद्धिव्यक्ति वा कम्पनीले २५ करोडसम्म ऋण पाउने

सेयर धितो कर्जाको सीमा बढ्यो: अब एक राष्ट्र बैंकको मौद्रिक नीति २०८२/८३: मुद्रास्फीति ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य, निजी क्षेत्रमा १२ प्रतिशत कर्जा वृद्धिव्यक्ति वा कम्पनीले २५ करोडसम्म ऋण पाउने

काठमाडाैं, २७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) को मौद्रिक नीति सार्वजनिक गर्दै मुद्रास्फीति र आर्थिक वृद्धिका लागि महत्वाकांक्षी लक्ष्यहरू निर्धारण गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आज सार्वजनिक गर्नुभएको नीतिअनुसार, आगामी आर्थिक वर्षमा मुद्रास्फीतिलाई ५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखिएको छ।

गभर्नर पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि मुद्राप्रवाह (money supply) मा १३ प्रतिशतको वृद्धि हासिल गर्ने लक्ष्य घोषणा गर्नुभयो। यसका साथै, निजी क्षेत्रमा प्रवाह हुने कर्जा (capital) मा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य पनि राखिएको छ।

यी लक्ष्यहरूले समग्र अर्थतन्त्रलाई स्थिर राख्दै निजी क्षेत्रको लगानी र विस्तारलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको उद्देश्यलाई प्रतिबिम्बित गर्दछ। मुद्रास्फीति नियन्त्रण र निजी क्षेत्रमा कर्जा प्रवाहको सन्तुलन कायम गर्दै आर्थिक वृद्धि हासिल गर्ने चुनौतीलाई मौद्रिक नीतिले सम्बोधन गर्ने प्रयास गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *