Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआरएनएको छैठौँ मध्यपुर्व बैंठक दुबईमा सुरु

एनआरएनएको छैठौँ मध्यपुर्व बैंठक दुबईमा सुरु

काठमाडौं, ८ भद्रौ । गैरआवसीय नेपाली संघ (एनआरएनए) को छैठौँ मध्यपुर्व बैंठक दुवईमा सुरु भएको छ । “सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार” भन्ने नारा सहिते बैठक सुरु भएको हो ।

कार्यक्रमको अनौपचारिक छलफल बिहिबारबाट सुरु भए पनि मुख्य कार्यक्रमको औपचारिक सत्र भने आजबाट सुरु भएको छ । बैठकमा वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा रहेका नेपालीले भोग्नुपरेको समस्या पहिचान गरी नेपाल सरकारको ध्यानाकर्षण गराउने संयोजक आरके शर्माले बताए ।

विदेशबाट पठाएको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गराउने वातावरण निर्माण, विदेशबाट फर्केकाको पुर्नस्थापना, सुरक्षित मर्यादित वैदेशिक रोजगारको कसरी गर्ने भन्ने विषय बैठकमा छलफल गरिने जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x