नेपाल पुर्नबीमाको साधारण सेयर बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग नियूक्त

काठमाडौं, ८ भद्रौ । नेपाल पुर्नबीमा कम्पनी लिमिटेडले १ सय रुपैयाँ अंकित दरको १ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन गर्दै छ । कम्पनीले उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरविवि मर्चेण्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत डा.रमेश कुमार भण्डारीले हस्ताक्षर गरेको छन् ।

नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व रुपैयाँ, जारी पूँजी १० अर्व रुपैयाँ र चुक्ता पूँजी ८ अर्व ४० करोड रुपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *