Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सिटिएक्सप्रेस मनीट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बीच भुक्तानी कारोबार सम्झौता

सिटिएक्सप्रेस मनीट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बीच भुक्तानी कारोबार सम्झौता

काठमाडौं, ८ भद्रौ । नेपालमा हुने भुक्तानी कारोबारहरु अझ सहज र पारदर्शी बनाउने उद्देश्य सहित सिटिएक्सप्रेस मनीट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिटिएक्सप्रेस मनीट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार क्लियरिङ्ग हाउसले उपलब्ध गराएको एनसिएचएल–आइपिएस प्रणाली मार्फत सिटिएक्सप्रेसबाट भुक्तानी हुने रेमिट्यान्स कारोबारहरु हितग्राहीको बैंक खातामा सिधै जम्मा हुने छ । यस अघि सिटिएक्सप्रेस लगायतका प्रमुख रेमिट्यान्स कम्पनीहरुले आफ्नो बैंक मार्फत त्यस्ता कारोबारहरु गर्दै आएका थिए भने अप्रत्यक्ष सदस्यको रुपमा रेमिट्यान्स कम्पनीले अब आफै कारोबार गर्न सक्नेछन् ।

एनसिएचएल–आइपिएस प्रणालीमा हाल ७८ बैंक वित्तीय संस्थाका ४ हजार १ सय बढि शाखाहरु आवद्ध छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x