Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नयाँ ऐनबारे ललितपुरका व्यावसायीलाई जानकारी

नयाँ ऐनबारे ललितपुरका व्यावसायीलाई जानकारी

काठमाडौं, ८ भद्रौ । सरकारले कार्यान्वयन गरेको नयाँ ऐनकोबारेमा व्यवसाीलाई सचेत गराउने उद्देश्यले ललितपुर उद्योग वाणिज्य महासंघले बिहिवार व्यवसायी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नयाँ सरकारले ल्याएको नीति र कानुनबारे सबै व्यवसायीलाई जानकार नहुने भएकाले ललितपुर जिल्लाभर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई जानकारी गराएको हो ।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले राज्यले उपभोक्ताको हकहितमा नीति नियम लागु गरेकाले व्यवसायीले उपभोक्तको हितकामा काम गर्न आग्रह गरे । मझौला देखि ठूला व्यवसायीलाई विल अनिवार्य राख्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय उपभोक्तामञ्चका अध्यक्ष प्रेमलाल महर्जनले स्वच्छ र सफा तवरबाट व्यवसाय सञ्चालन र सामान विक्रिवितरण गर्न आवश्यक रहेको बताए । महर्जनले व्यापार व्यवसायमा सरकार आफैले अराजकता मौलाएको आरोप लगाएका छन् । सरकारले खुल्ला वजार वा समाजबादी अर्थतन्त्रमा एउटा कार्यन्वयन गर्न आवश्यक रहेको अध्यक्ष महर्जनको भनाई छ । नियमन गर्ने निकायको अभाव, लगानीको सूरक्षीत बातावरणको अभाव र पकेट क्षेत्रको सकारले व्यवस्थापन गर्न नसक्दा व्यवसाय सञ्चालनमा समस्या आएको उनको बुझाई छ ।

बाणिज्य तथा आपूूर्ति समितिका संयोजक महेश श्रेष्ठले भने सरकारले ल्याएको ऐन केहीहद सम्म स्वागत योग्य भएपनि व्यवसायी मैत्री भने नभएको औल्याए । सरकारले ल्याएको ऐन अस्पष्ट रहेको समेत श्रेष्ठले बताएका छन् । कार्यक्रममा ललितपुर जिल्लामा विभिन्न व्यवसायमा आवद्ध २२ जना व्यवसायीको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x