Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

सुनचाँदीको मूल्यमा असारको चमक: प्रतितोला ११ सयले बढ्दा चाँदीले रेकर्ड तोड्यो

सुनचाँदीको मूल्यमा असारको चमक: प्रतितोला ११ सयले बढ्दा चाँदीले रेकर्ड तोड्यो

काठमाडाैं, २९ असार । नेपालको बहुमूल्य धातु बजार आइतबार एकाएक तातिएको छ। असार २८ गते आइतबारको दिन सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ, जसले नेपाली बजारमा उत्सुकता बढाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर नयाँ मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँमा पुगेको छ। शुक्रबारको तुलनामा यो मूल्य वृद्धिले बजारमा व्यापक चासो उत्पन्न गरेको छ। शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै, तेज वृद्धिको लहर चाँदीमा पनि देखिएको छ। शुक्रबार २,२२० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार ६५ रुपैयाँले उकालो लाग्दै २,२८५ रुपैयाँमा पुगेको छ। यो नयाँ मूल्यले चाँदीको मूल्यमा हालसम्मकै उच्च विन्दु छोएको छ, जसलाई महासंघले “नयाँ रेकर्ड” का रूपमा घोषणा गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *