सिटिजन्स बैंकको संचालक इला शर्माको निधन

काठमाडाैं, ३० असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको समितिको सदस्य इला शर्माको करीब ६० बर्षको उमेरमा मिति २०८२/०३/२८ गतेको दिन हृदयाघातका कारण असमायीक निधन भएको छ । शर्माको स्वास्थमा असज महशुस भएपछि नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शर्मा विगत १ बर्ष देखि सिटिजन्स बैंकको समिति सदस्यमा रहेका थिए । कानुनमा विशेष अनुभव सँगाल्एकी शर्मा पूर्वनिर्वाचन आयुक्त थिए । उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गर्नुभएको थियो साथै युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेका थिए ।
उनिसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव थियो । निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनि उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षसमेत रहनु भएका थिए । उनको पार्थिक शरीरमा आज पशुपतिको आर्यघाटमा बैंकको अध्यक्ष प्रबल जंग पाण्डे, संचालक दिग्विजय विष्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल लगायतका बैंकका व्यवस्थापन समुहहरु बैंकको शेयरधनी र कर्मचारीहरुले पुष्पमाला अर्पण गरि अन्तिम बिधाई गरेको छ। उनको असमायिक निधनले सिटिजन्स बैंक परिवार स्तब्ध भएको छ र बैंकलाई अपूरणीय क्षति पु¥याएको छ । उनको आत्माको चिर शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ।