Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

प्रतिनिधिसभामा आज विविध मन्त्रालयसँग प्रश्नोत्तर, राष्ट्रिय खेलकुद विधेयकमाथि छलफलको तयारी

प्रतिनिधिसभामा आज विविध मन्त्रालयसँग प्रश्नोत्तर, राष्ट्रिय खेलकुद विधेयकमाथि छलफलको तयारी

काठमाडाैं, ३० असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयहरूसँग सरोकार राख्ने प्रश्नोत्तरदेखि महत्वपूर्ण विधेयकमाथिको प्रस्तावसम्मका विषय समावेश छन्।

आजको बैठकको सुरुवातमा प्रतिनिधिसभाका सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त जिम्मेवारी सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको छ।

बैठकको प्रमुख कार्यसूचीअनुसार शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

त्यसैगरी, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गर्ने सम्भावित कार्यसूचीमा रहेको छ। यो विधेयकले खेलकुद क्षेत्रको नीतिगत सुधार र संरचना सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बैठकले आज समसामयिक राजनीतिक तथा विकाससम्बन्धी विषयमा पनि छलफलको सम्भावना रहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *