राम हरी कंडेल आत्मनिर्भर लघुवित्तको सञ्चालकमा नियुक्त

काठमाडाैं, ३० असार । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सञ्चालक नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिले असार २९ गते बसेको बैठकमार्फत राम हरी कंडेललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
कंपनीले सर्वसाधारण समूहको प्रतिनिधित्व गर्दै कंडेललाई सञ्चालकमा नियुक्त गरेको जानकारी नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई गराइएको छ।
कंडेल चितवन जिल्लाको राप्ती नगरपालिका–२ निवासी हुन्। उनी अब कम्पनीको तर्फबाट सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा सहभागी हुनेछन्।