Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सार्वजनिक खर्च व्यवस्थापन सुधारका लागि विश्व बैंकको १ अर्ब ६४ करोड

सार्वजनिक खर्च व्यवस्थापन सुधारका लागि विश्व बैंकको १ अर्ब ६४ करोड

काठमाडौं, भदौ ९ । सार्वजनिक खर्च व्यवस्थापनमा सहयोग गर्दै आइरहेको बहुपक्षीय दातृ निकाय विश्व बैंकले नेपाललाई थप एक अर्ब ६४ करोड रुपैँया (एक करोड ५० लाख अमेरिकी डलर) सहयोग दिएको छ । सन् २०१० मा स्थापना भएको बहुदातृ सहयोग कोष (मल्टि डोनर ट्रष्ट फण्ड) बाट एकीकृत सार्वजनिक खर्च व्यवस्थापन सुधार परियोजनाका लागि वित्तिय व्यवस्था गरिएको हो । विश्व बैंकले प्रशासन गर्ने बहुदातृ सहयोग कोषमा युरोपेली संघ, बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग, स्वीजरल्याण्ड, नर्वे, अष्ट्रेलिया तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था साझेदार रहेका छन् ।

अर्थमन्त्रालयमा आयोजित एक समारोहबीच अर्थ मन्त्रालय– अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल तथा विश्वबैंकका राष्ट्रिय व्यवस्थापक फारिस एच. हदाद जर्भोसले सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो परियोजनाले नेपाल सरकारले राष्ट्रिय सार्वजनिक खर्च व्यवस्थापन योजना (२०७२–७३ देखि २०८२–८३) ले निर्दीष्ट गरेका प्राथमिकताहरुमा सहयोग गर्नेछ । यसले संघीय संरचनामा खरिद संस्था, प्रक्रिया, प्रणालको सबलीकरण तथा प्रभावकारिताका लागि काम गर्नेछ । यसले संघीय सरकारको पुँजीगत खर्च प्रणालीमा प्रभावकारिता, संघीय तथा तल्लो तहका सरकारहरुमा वित्तिय लेखा तथा प्रतिवेदन प्रणाली, विकसित लेखापरिक्षण योजना तथा गुणस्तरीय लेखा परिक्षण संघीय तथा तल्लो तहका सरकारमा लागू गर्ने, परियोजनाहरुको ठेक्का समयमा ठेक्का लगाउने सुनिश्चिताका लागि यस परियोजनाबाट काम गरिनेछ ।

यो परियोजनाले समग्रमा सार्वजनिक खर्च तथा राजस्व व्यवस्थापन, महालेखा परिक्षकको कार्यालयको सशक्तीकरण, सार्वजनिक खरिद प्रणालीमा सुधार र सार्वजनिक वित्त व्यवस्थापन सुधार तथा समन्वयमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x