बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा पौडेल

काठमाडौं, ९ भद्रौ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा राजुरमण पौडेल बढुवा गरिएको छ । बरिष्ठताका आधारमा शुक्रबार पौडेललाई निमित्त कार्यकारी निर्देशकमा बढुवा गरिएको हो ।
निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले असार १ गतेदेखि अवकास पाएपछि सो पद खाली थियो ।