Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

छनाैट भएका तीनमध्ये नेतृत्वमा डा. खगराज शर्मा : सहकारी नियमन प्राधिकरणको नयाँ अध्याय सुरु

छनाैट भएका तीनमध्ये नेतृत्वमा डा. खगराज शर्मा : सहकारी नियमन प्राधिकरणको नयाँ अध्याय सुरु

काठमाडाैं, ३१ असार । डा. खगराज शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको नयाँ अध्यक्षमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मा अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि डा. शर्मा तत्कालीन सहकारी विकास बोर्डमा सदस्य सचिवको भूमिकामा कार्यरत थिए। सहकारी क्षेत्रको नीतिगत सुधार र संस्थागत व्यवस्थापनमा अनुभव बटुलेका शर्माले अब नियमन र अनुशासनको पक्षलाई सुदृढ गर्ने चुनौतीपूर्ण जिम्मेवारी पाएका छन्।

प्राधिकरणको अध्यक्ष पदका लागि कुल ६ जना उम्मेदवारले आवेदन दिएका थिए। सिफारिस समितिले तीमध्ये तीन जनाको नाम—भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र डा. खगराज शर्मा— मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

तीन योग्य उम्मेदवारमध्ये डा. शर्माको नियुक्ति हुनुले उनको क्षेत्रगत अनुभव र प्रशासकीय नेतृत्व क्षमताको कदर भएको देखिएको छ।

प्राधिकरणमा नेतृत्वविहीनताको अन्त्य गर्दै गरिएको यो नियुक्तिबाट सहकारी प्रणालीमा पारदर्शिता, उत्तरदायित्व र नियमन सुदृढ हुने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *