Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

नाटोमार्फत युक्रेनलाई हतियार सहयोग, ट्रम्पको नयाँ रणनीति र रुसको कडा प्रतिक्रिया : एकै दिन ४ सय ड्रोन र मिसाइल आक्रमण

नाटोमार्फत युक्रेनलाई हतियार सहयोग, ट्रम्पको नयाँ रणनीति र रुसको कडा प्रतिक्रिया : एकै दिन ४ सय ड्रोन र मिसाइल आक्रमण

काठमाडाैं, ३१ असार । अमेरिकाले नाटोमार्फत युक्रेनलाई ३० करोड डलर बराबरको आधुनिक हतियार सहायता दिने घोषणा गरेसँगै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले रूसविरुद्ध कडा रणनीतिक मोड लिएको छ।

प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीका रकेट समावेश हुने यो सहायता प्याकेजबारे अन्तिम निर्णय प्रक्रियामा रहेको बताइए पनि राष्ट्रपति ट्रम्पले “प्रेसिडेन्सियल ड्रडाउन अथोरिटी” प्रयोग गरी सीधै अमेरिकी हतियार नाटोमार्फत युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेका छन्।

ट्रम्पको बद्लिएको रणनीति

ट्रम्पले यसअघि पूर्वराष्ट्रपति जो बाइडनद्वारा पारित सहायता प्याकेजअनुसार मात्र हतियार पठाएका थिए, तर अब उनले स्पष्ट रूपमा भनेका छन् । “हामी नाटोलाई हतियार दिनेछौं, खर्च नाटोले बेहोर्नेछ, र त्यसपछि नाटोले ती हतियार युक्रेनलाई हस्तान्तरण गर्नेछ।”

उनले रुसी राष्ट्रपति पुटिनप्रति असन्तुष्टि जनाउँदै चेतावनी दिएका छन् – “पुटिनको गतिविधिमा रोक नलागेसम्म म खुसी हुन सक्दिनँ।”

युक्रेन पुनर्निर्माणमा ठूलो आर्थिक सहायता

इटालीको रोममा आयोजित युक्रेन पुनर्निर्माण सम्मेलन (१०–११ जुलाई) मा ९० हजार करोड रुपैयाँ (१० अर्ब युरो) बराबरको सहायता दिने निर्णय भएको छ। युरोपियन आयोगले समेत २.३ अर्ब युरो (झण्डै २.७ अर्ब डलर) सहायता दिने घोषणा गरेको छ। राष्ट्रपति जेलेन्स्कीले सम्मेलनमा रुसका सम्पत्ति युक्रेन पुनर्निर्माणमा प्रयोग गर्नुपर्ने धारणा राखेका थिए।

अमेरिका–रुस उच्च तहमा वार्ता

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लावरोभबीच मलेसियामा ५० मिनेट लामो वार्ता भएको छ। रुबियोले रुसलाई युद्ध अन्त्यको सन्देश दिएका छन्, नत्र “सिनेटसँग मिलेर कडा प्रतिबन्ध लगाउने तयारी” रहेको बताएका छन्।

रुसको प्रतिकृया : ड्रोन र मिसाइल आक्रमण

नाटोमार्फत हतियार सहयोगको निर्णय सार्वजनिक भएपछि, रुसले कडा सैन्य प्रतिक्रिया दिंदै बिहीबार बिहान युक्रेनमा ४ सयभन्दा बढी ड्रोन र १८ मिसाइल आक्रमण गरेको छ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार हमलामा २ जनाको मृत्यु र १६ जना घाइते भएका छन्। कीभमा भएको आक्रमणले आवासीय भवन, मेट्रो स्टेसन, स्वास्थ्य केन्द्र, गाडी र कार्यालयहरूमा क्षति पुर्‍याएको छ। गृह मन्त्रालयका अनुसार, कीभको एक मेट्रो स्टेसनमा ६८ वर्षीया महिला र २२ वर्षीय प्रहरीको मृत्यु भएको हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *