Date

बुध, असार ३२, २०८२
Wed, July 16, 2025

मन्जुश्री फाइनान्स नेपालगञ्ज शाखाद्वारा कोहलपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण, सामाजिक उत्तरदायित्वमा सक्रिय सहभागिता

मन्जुश्री फाइनान्स नेपालगञ्ज शाखाद्वारा कोहलपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण, सामाजिक उत्तरदायित्वमा सक्रिय सहभागिता

काठमाडाैं, ३२ असार । मन्जुश्री फाइनान्स लिमिटेडको नेपालगञ्ज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा केमिकल व्यवस्थापनका सामग्रीहरू हस्तान्तरण गरेको छ।

करिब १ लाख रुपैयाँ बराबरको ती सामग्रीहरू एक विशेष कार्यक्रममा नेपालगञ्ज शाखा प्रमुख स्नेहा भुसालले नगरपालिकाका प्रतिनिधिलाई औपचारिक रूपमा हस्तान्तरण गरेकी हुन्। कार्यक्रममा फाइनान्सको तर्फबाट सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिइएको जानकारी दिँदै आगामी दिनमा यस्ता सहयोगमूलक कार्यहरूलाई निरन्तरता दिइने विश्वास व्यक्त गरिएको थियो।

मन्जुश्री फाइनान्सले विगतदेखि नै आफ्ना विभिन्न शाखाहरूमार्फत समाजसेवामूलक गतिविधिमा सहभागिता जनाउँदै आएको छ। चाहे त्यो शिक्षा, स्वास्थ्य वा वातावरण संरक्षण होस्—सामाजिक उत्तरदायित्वका क्षेत्रमा कम्पनीले उदाहरणीय भूमिका खेल्दै आएको छ।

वित्तीय क्षेत्रमा समेत मन्जुश्री फाइनान्सले उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। हालसम्म कम्पनीले २२ अर्बभन्दा बढी निक्षेप संकलन र करिब १८.२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ। आकर्षक ब्याजदरमा निक्षेप तथा सुलभ दरमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको फाइनान्सले हाल २७ वटा शाखा र एक विस्तारित काउन्टरमार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गरिरहेको छ।

साथै, कम्पनीका १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन्। यसरी, सामाजिक तथा आर्थिक क्षेत्रमा मन्जुश्री फाइनान्सले समर्पित र उत्तरदायी संस्था बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *