Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

एन आई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य, ग्राहक महानुभावहरुलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुटको व्यवस्था

एन आई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य, ग्राहक महानुभावहरुलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुटको व्यवस्था

काठमाडाैं, १ साउन । एन आई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच यस बैंकका ग्राहक महानुभावहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नुहुनेछ । 

चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायीक होमस्टेको सेवा लिई ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (MoBank) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुन्छ । वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायीक होमस्टेबीचको यस साझेदारीले ग्राहक महानुभावहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको छ । 

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *