Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

शेयर बजारमा नयाँ आर्थिक वर्षको जोशिलो सुरुआत: नेप्से ७८ अंकले उक्लियो, कारोबार १६ अर्ब नाघ्यो

शेयर बजारमा नयाँ आर्थिक वर्षको जोशिलो सुरुआत: नेप्से ७८ अंकले उक्लियो, कारोबार १६ अर्ब नाघ्यो

काठमाडाैं, १ साउन । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबार दिन नेपाली शेयर बजारले उत्साहजनक संकेत दिएको छ। साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ७८.३१ अंकले उकालो लाग्दै २,८७३.१० बिन्दुमा पुगेको छ। नेप्से सूचकमा २.८० प्रतिशतको उल्लेख्य वृद्धि भएको हो।

यससँगै बजार कारोबार रकममा पनि उछाल आएको छ। आज ३१० वटा कम्पनीका ४ करोड ४० लाख ७६ हजार कित्ता शेयरहरु किनबेच हुँदा जम्मा कारोबार रकम १६ अर्ब १३ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ।

यो अघिल्लो दिनको तुलनामा उल्लेखनीय वृद्धि हो। बुधबारको कारोबारमा ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा जम्मा कारोबार १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँमा सीमित थियो।

साताको अन्तिम दिन बजारको समग्र भावना सकारात्मक देखिएको छ। सबै उपसमूह सूचकहरू हरियालीमा देखिए।

आजको दिन ‘अन्य’ समूहले सबैभन्दा धेरै ५.१९ प्रतिशतको वृद्धिदर दर्ता गर्‍यो। त्यसपछिका प्रमुख उकालो लाग्ने समूहहरूमा लगानी समूह (३.२० प्रतिशत), जलविद्युत (३.१६ प्रतिशत), जीवन बीमा (३.१० प्रतिशत) र उत्पादन तथा प्रशोधन समूह (३.०५ प्रतिशत) रहेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *