Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १६ हजारभन्दा बढी विद्यार्थी सफल, विज्ञान संकायको दबदबा

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १६ हजारभन्दा बढी विद्यार्थी सफल, विज्ञान संकायको दबदबा

काठमाडाैं, १ साउन । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न निजी विद्यालयमा भर्ना हुने छात्रवृत्ति कोटाअन्तर्गत प्रवेश परीक्षा लिएका विद्यार्थीहरूमध्ये १६,१३७ जनालाई छनोट गरेको छ।

शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट कुल १७,२२९ आवेदन परेका थिए, जसमा १,०९२ आवेदकको फारम आवश्यक प्रमाणपत्र नजोडिएको कारणले अस्वीकृत गरिएको हो। अस्वीकृत हुनेमा नागरिकता वा जन्म प्रमाणपत्र (पहिचानका लागि), सामुदायिक विद्यालयमा अध्ययन गरेको प्रमाण, निजी विद्यालयमा छात्रवृत्तिमा पढेको प्रमाण वा काठमाडौँ महानगरको स्थायी बासिन्दा भएको प्रमाण नभएका विद्यार्थी समावेश थिए।

छनोटमा परेका विद्यार्थीहरूमध्ये ११,५९० जना विज्ञान संकायमा, ४,१६४ जना व्यवस्थापन (म्यानेजमेन्ट) संकायमा, ३२ जना मानविकी (ह्युम्यानिटिज), ९५ जना शिक्षा (एजुकेसन) र २५६ जना कानुन (ल) संकायमा छनोट भएका छन्।

महानगरले सम्पूर्ण छनोट भएका विद्यार्थीलाई इमेल र फोनमार्फत सूचना गरिसकेको जनाएको छ।

छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरूलाई राजधानीका निजी विद्यालयहरूमार्फत गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने उद्देश्य रहेको महानगरले जनाएको छ। शिक्षा सुलभ र समावेशी बनाउने दीर्घकालीन लक्ष्यअनुसार यो कार्यक्रम सञ्चालन गरिएको हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *