Date

सोम, कार्तिक १०, २०८२
Mon, October 27, 2025

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा शुक्रबार पनि वृद्धि, नयाँ रेकर्ड कायम

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा शुक्रबार पनि वृद्धि, नयाँ रेकर्ड कायम

काठमाडाैं, २ साउन । नेपाली बजारमा सुन र चाँदीको मूल्य शुक्रबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ।

मूल्य बढेसँगै, आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य पनि बढेर आज प्रतितोला दुई हजार २८० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *