Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

नेपाल विद्युत प्राधिकरणद्वारा पहिलो पटक विद्युतीय कार्यसम्पादन मूल्यांकन प्रणाली लागू

नेपाल विद्युत प्राधिकरणद्वारा पहिलो पटक विद्युतीय कार्यसम्पादन मूल्यांकन प्रणाली लागू

काठमाडौँ, २ साउन । नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.)ले कर्मचारी कार्यसम्पादन मूल्यांकन प्रक्रियालाई पूर्णरूपमा विद्युतीय माध्यममार्फत सञ्चालन गर्ने निर्णय गरेको छ । प्राधिकरणले यो प्रविधि आज २०८२ साल साउन १ गते देखि औपचारिक रूपमा लागू गरेको हो ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ को विनियम ५९ को उपविनियम (२९) अनुसार, विद्युतीय माध्यमद्वारा मूल्यांकन फाराम भर्ने, मूल्यांकन गर्ने तथा गोप्य र सुरक्षित रुपमा अभिलेख राख्ने व्यवस्थालाई कार्यान्वयन गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

सार्वजनिक संस्थान र निजामती सेवा क्षेत्रमै सम्भवतः पहिलो पटक विद्युतीय कार्यसम्पादन मूल्यांकन प्रक्रिया लागू गर्ने संस्था बनेको प्राधिकरणको यो कदम ऐतिहासिक मानिएको छ ।

प्राधिकरणले कर्मचारी मूल्यांकनलाई थप नियमित, निष्पक्ष, सरल, मितव्ययी, गोप्य, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यका साथ यो प्रणाली सञ्चालनमा ल्याएको हो ।

यस प्रणालीमार्फत कर्मचारीहरूले अनलाइन फाराम भरी कार्यसम्पादन विवरण पेश गर्न सक्नेछन् भने सम्बन्धित अधिकारीले सोही माध्यमबाट मूल्यांकन गर्न सक्नेछन् । मूल्यांकन अभिलेख सुरक्षित डिजिटल प्रणालीमा राखिनेछ ।

पूर्वतयारीस्वरूप, प्राधिकरणले आवश्यक कार्यविधि, अन्तक्र्रिया, परिपत्र, सूचना र प्रयोगकर्ता पुस्तिकासमेत तयार गरी सबै सम्बन्धित पक्षलाई जानकारी गराइसकेको छ ।

प्रविधिमा आधारित यो मूल्यांकन प्रणालीले द्वैधता, ढिलासुस्ती र कागजी झन्झट अन्त्य गरी पारदर्शी र उत्तरदायी प्रशासनिक सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास प्राधिकरणले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *