सुनको भाउमा पुनः उछाल, चाँदी यथावत् — एक तोलामा ४ सय रुपैयाँको वृद्धि

काठमाडाैं, ५ साउन । नेपाली बजारमा सुनको मूल्य सोमबार पुनः उकालो लागेको छ। फेडेरेसन अफ नेपाल गोल्ड एण्ड सिल्भर डिलर्स एशोसिएसनका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो।
यस वृद्धिसँगै आज छापावाल (हल्लमार्क) सुनको मूल्य तोलामा रु १,९३,७०० पुगेको छ। आइतबार सुनको मूल्य तोलामा रु १,९३,३०० मा कारोबार भएको थियो।
सुनको मूल्यमा पुनः भएको यो वृद्धिले बजारमा सुन खरिद गर्ने उपभोक्तालाई थप भार परेको छ। यता चाँदीको मूल्य भने यथावत् रहेको छ। चाँदी आज पनि अघिल्ला दिनझैं तोलामा रु २,२८५ मा कारोबार भइरहेको एशोसिएसनले जनाएको छ।