Date

मङ्ल, साउन ६, २०८२
Tue, July 22, 2025

लंढेखोलाको बाढीबाट २८ करोडभन्दा बढीको बीमा दाबी, सात बीमा कम्पनीमा ६३ उजुरी

लंढेखोलाको बाढीबाट २८ करोडभन्दा बढीको बीमा दाबी, सात बीमा कम्पनीमा ६३ उजुरी

काठमाडाैं, ५ साउन ।  रसुवाको लंढेखोलामा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिसम्बन्धी प्रारम्भिक बीमा दाबी सार्वजनिक भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बाढीबाट भएको क्षतिको आधारमा हालसम्म सात वटा बीमा कम्पनीहरूमा गरी कुल रु २८ करोड ९२ लाख ६० हजार बराबरको दाबी दर्ता भइसकेको छ।

शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा ठूलो दाबी दर्ता गरेको छ। कम्पनीले १० वटा बीमा दाबीमार्फत रु १६ करोड ११ लाख १० हजार बराबरको क्षति मूल्यांकन गरी क्षतिपूर्ति माग गरेको हो। नेको इन्स्योरेन्स कम्पनीले ३ वटा दाबीमा रु ५ करोड २० लाख, भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७ वटा दाबीमा रु ३ करोड ४१ लाख ५० हजार बराबरको क्षति विवरण पेश गरेका छन्।

यस बाहेक, नेपाल इन्स्योरेन्स कम्पनीमा १२ बीमा दाबी दर्ता गरिँदै रु १२ लाख २५ हजार, सनिमा GIC इन्स्योरेन्समा ६ बीमा दाबीमार्फत रु ७ लाख ७० हजार, र IGI Prudential मा ९ बीमा दाबीमा रु ७ लाख ५५ हजार बराबरको क्षति दाबी गरिएको छ।

त्यस्तै, युनाइटेड अजोद इन्स्योरेन्स कम्पनीमा ३ बीमा दाबीमा रु ६ लाख ८० हजार, NLG इन्स्योरेन्समा ६ दाबीमा रु ४ लाख ७० हजार, र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ दाबीमा रु ३ लाख १० हजार बराबरको बीमा क्षति दाबी गरिएको बीमा प्राधिकरणले जनाएको छ।

कुल मिलाएर हालसम्म ६३ वटा बीमा दाबीहरू विभिन्न कम्पनीहरूमा दर्ता भइसकेका छन्।

बाढीले रसुवाको चिनियाँ सिमाना नजिकै रहेको मित्रता पुल बगाएको थियो। साथै, निर्माणाधीन सुख्खा बन्दरगाह, भन्सार कार्यालय, नजिकै रहेका सवारी साधन, रसुवागढी जलविद्युत आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *