Date

सोम, साउन ५, २०८२
Mon, July 21, 2025

गृह मन्त्रालयको दुई तहको बढुवा सिफारिस : ११ एसपी एसएसपीमा, ११ डिएसपी एसपीमा उक्लिए

गृह मन्त्रालयको दुई तहको बढुवा सिफारिस : ११ एसपी एसएसपीमा, ११ डिएसपी एसपीमा उक्लिए

काठमाडाैं, ५ साउन । नेपाल प्रहरी संगठनमा नेतृत्व विकास र पदपूर्तिका क्रममा गृह मन्त्रालयले सोमबार एकैदिन दुई तहको बढुवा सिफारिस गरेको छ। मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जना प्रहरी उपरीक्षक (SP) लाई वरिष्ठ प्रहरी उपरीक्षक (SSP) मा र ११ जना प्रहरी नायब उपरीक्षक (DSP) लाई प्रहरी उपरीक्षक (SP) मा बढुवा गर्न सिफारिस गरेको हो।

वरिष्ठ प्रहरी उपरीक्षक (SSP) मा सिफारिस हुनेमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका तुलबहादुर कार्की, कोशी प्रदेश प्रहरी कार्यालयका रमेश सिंह, कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका राजीव बहादुर बस्नेत र नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालका कमल थापा रहेका छन्।

त्यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रविन भण्डारी, अपराध अनुसन्धान महाशाखाका रमेशराम थापा, सेवा प्रशासन शाखाका अनिल प्रसाद उप्रेती, र कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका विपिन पौडेल पनि बढुवा सिफारिसमा परेका छन्।

यसैगरी नेपाल प्रहरी कार्यालय, सामाखुसीका दयानिधि बास्तोला, जिल्ला प्रहरी कार्यालय, दार्चुलाका सिद्धराज शाही र जिल्ला प्रहरी कार्यालय, बर्दियाका केदार खनाल पनि एसएसपीमा सिफारिस भएका छन्।

डिएसपीबाट एसपीमा बढुवा सिफारिसमा परेका प्रहरी अधिकृतहरूमा अनिल खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारू, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर के.सी., दिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दीपक खड्का छन्।

बढुवा सिफारिस समितिले कार्यकुशलता, वरिष्ठता, सेवा अवधिको मूल्याङ्कन, आचरण तथा कार्य सम्पादन रिपोर्टको आधारमा बढुवाको निर्णय गरेको हो। सिफारिस अनुसार मन्त्रिपरिषद्को स्वीकृति पश्चात ती अधिकृतहरूको औपचारिक बढुवा प्रक्रिया अघि बढ्नेछ।

गृह मन्त्रालयले नेपाल प्रहरी संगठनलाई चुस्त, सक्षम र गतिशील बनाउने रणनीति अन्तर्गत बढुवालाई नियमित र निष्पक्ष प्रक्रियाबाट अघि बढाइरहेको जनाएको छ। यस पटकको बढुवा सिफारिसले विशेषगरी अपराध अनुसन्धान, प्रशासनिक सुधार र प्रदेशस्तरीय सुरक्षामा थप प्रभावकारिता ल्याउने विश्वास गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *