Date

मङ्ल, साउन ६, २०८२
Tue, July 22, 2025

चिनियाँ अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सी प्रमुखले प्रधानमन्त्री ओलीसँग भेट गरि दुई देश बीचको विकास सहयोगमा छलफल

चिनियाँ अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सी प्रमुखले प्रधानमन्त्री ओलीसँग भेट गरि दुई देश बीचको विकास सहयोगमा छलफल

काठमाडाैं, ६ साउन । चिनियाँ अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सी (CIDCA) का अध्यक्ष चेन सिआोडोङ को नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली संग शिष्टाचार भेट गरेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा दुई देश बीचको द्विपक्षीय सम्बन्ध, सोमबार मन्त्रालयमा भएको चार वटा सम्झौतापत्र र नेपाल-चीन उच्चस्तरीय भ्रमणको क्रममा सम्पन्न भएका विकास सहकार्य सम्झौताहरूको कार्यान्वयनबारे छलफल गरिएको थियो।

प्रधानमन्त्री ओलीले नेपाल र चीन बीचको लामो समयदेखि कायम रहेको मित्रवत् सम्बन्धको महत्त्वलाई जोड दिंदै नेपालको “एक चीन” नीतिमा कडाइका साथ प्रतिबद्धता पुनः स्पष्ट गरे।

चिनियाँ प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्दै, उनले रसुवागढी नाकामा आएको बाढीले विनाश पु-याएपछि चीनको सहयोगमा पुनर्निर्माणको कार्यलाई प्राथमिकतामा राखिएको बताएको छ। साथै, नेपाल सरकारले यस कार्यमा तत्काल ध्यान दिइरहेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले किमाथाङ्का लगायत अन्य महत्वपूर्ण सीमा नाकाहरूको निरन्तर सञ्चालन र “बेल्ट एन्ड रोड इनिसियटिभ” (BRI) अन्तर्गतका परियोजनाहरूको सफल कार्यान्वयनको आवश्यकता र महत्वमा जोड दिएका छन्, जसले नेपाललाई भूमिबद्ध राष्ट्रबाट भूमि-जोडिएको राष्ट्रमा परिणत गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युबा राज खटिवाडा, नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ग, र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि उपस्थित थिए।

सोमबार चिनियाँ प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग पनि छलफल गर्दै चीनको सहयोगमा वर्तमान र भविष्यका परियोजनाहरूको बारेमा विचार आदानप्रदान गरेको थियो। यस अवसरमा, दुवै पक्षले चार वटा विकास परियोजनाहरूको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *