Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लुम्बिनी जनरलले १२.८२ र गरिमाले १५ प्रतिशत बोनस दिने

काठमाडौं, ३ मंसिर । लुम्बिनी जनरल इन्स्योरेन्सले शेयरधनीलाई १२.८२ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्ताको बोनस शेयर बापत्को कर प्रयोजनको लागि शून्य दशमलब ६७ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत साधारण सभामा लग्ने भएको छ । कम्पनीले गत आवमा जारी गरेको ३९ करोड हकप्रद शेयर समेत जोडेर ७८ करोड चुक्ता पुँजीमा सो बोनस शेयर प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बिमा समितिको स्वीकृतिमा साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्नेछन्
त्यसैगरी गरिमा विकास बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । बैंकको कात्तिक ३० गते बसेको २०३ औं बैठकले सो प्रस्ताव गरेको हो । बैंकले बोनस शेयरसँगै त्यसमा लाग्ने करप्रयोजनको लागि नगद लाभांश भने प्रस्ताव गरेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x