Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुन तोलामा पाँच सय रुपैयाँले बढ्यो, चाँदी तोलाको ७७५ रुपैयाँ

सुन तोलामा पाँच सय रुपैयाँले बढ्यो, चाँदी तोलाको ७७५ रुपैयाँ

काठमाडौं, ३ मंसिर । स्थानिय बजारमा आइतबार सुनको मुल्य बढेको छ । गत शुक्रबारको तुलना पहेलो धातु सुन प्रति तोला पाँच सय रुपैयाँले वृद्धि भई आइतबार ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार स्थानिय बजारमा सुनको मुल्य प्रति तोला ५५ हजार नौ सय रुपैयाँ रहेको थियो ।

यस्तै आइतबार तेजावी सुन प्रति तोला ५६ हजार एक सय रुपैयाँ रहेको छ । स्थानिय बजारमा चाँदीको मुल्यमा समेत वृद्धि भएको छ । गत शुक्रबार ७६५ रुपैयाँ प्रति तोला कारोबार भएको चाँदी आइतबार प्रति तोला ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सुनको मुल्यमा वृद्धि आएसंगै नेपालमा विवाहको मौसम सुरु भएको छ । विवाहको मौसममा सुनको माग पनि बढ्न स्थानिय सुन व्यवसायीहरुले बताएका छन् । यस महिना विवाहको लागि ६ दिन शुभ साइत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x