Date

बिहि, साउन ८, २०८२
Thu, July 24, 2025

जापान-अमेरिका व्यापार सम्झौतामा ट्रम्पको ठूला दाबी, कर घटाउने सहमति

जापान-अमेरिका व्यापार सम्झौतामा ट्रम्पको ठूला दाबी, कर घटाउने सहमति

काठमाडाैं, ७ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानसँग इतिहासकै ठूलो व्यापार सम्झौता भएको घोषणा गरेका छन्। उनले अमेरिकामा जापानले ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र पारस्परिक रूपमा १५ प्रतिशत कर तिर्ने सहमति भएको बताएका छन्।

ट्रम्पले मंगलबार राति ह्वाइट हाउसमा आयोजित कार्यक्रममा भने, “मैले इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेको छु। यो सम्झौता सबैका लागि लाभदायक छ।” उनले जापानले आफ्नो बजार अमेरिकी कार, ट्रक, चामल र कृषि उत्पादनका लागि खोल्ने सहमति गरेको उल्लेख गरे।

जापानी प्रधानमन्त्री शिगेरु इशिबाले सम्झौताको स्वागत गरे पनि विस्तृत विवरण नहेरी टिप्पणी नगर्ने बताएका छन्। जापानका मुख्य व्यापार प्रतिनिधि रायोसी आकाजावाले ‘मिसन पूरा’ ह्यासट्यागसहित ह्वाइट हाउस भ्रमण गरेको फेसबुकमा उल्लेख गरेका छन्।

ट्रम्पले युरोपेली संघसँगको व्यापार सम्झौता पनि चाँडै सार्वजनिक हुने बताएका छन्। यसअघि ट्रम्पले अगस्ट १ भित्र नयाँ सम्झौता नभएमा जापानबाट अमेरिका निर्यात हुने सामग्रीमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए। तर अहिलेको सम्झौताले त्यो कर १५ प्रतिशतमा झर्ने भएको छ।

टोकियोस्थित शेअर बजारमा सम्झौताको सकारात्मक प्रभाव देखिएको छ। निक्केई २२५ सूचकाङ्क २.५ प्रतिशतभन्दा बढीले उकालो लाग्यो, जबकि टोयोटा, निसान र होन्डा जस्ता जापानी मोटर कम्पनीका सेयर मूल्यमा ठुलो उछाल आयो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *