Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

ग्रीन डेभलपमेन्ट बैंकको नाफा ७९ प्रतिशतले उकालो

ग्रीन डेभलपमेन्ट बैंकको नाफा ७९ प्रतिशतले उकालो

काठमाडाैं, ११ साउन । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य वित्तीय प्रगति गर्दै खुद नाफा ७९.५३ प्रतिशतले बढाएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले ६ करोड ९४ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको ३ करोड ८६ लाख ६१ हजार रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशतले बढेर २० करोड २० लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा पनि ७२.७९ प्रतिशतले बढेर ९ करोड ८७ लाख २३ हजार रुपैयाँ पुगेको छ। यी दुवै वृद्धिले बैंकको कुल नाफामा उल्लेखनीय सुधार ल्याएको हो।

बैंकको वितरणयोग्य नाफा पनि झन्डै दोब्बर वृद्धि भई ६ करोड ७ लाख ८१ हजार रुपैयाँ पुगेको छ, जसले आगामी दिनमा लाभांश वितरणको सम्भावनालाई मजबुत बनाएको छ। हाल बैंकको लाभांश क्षमता १०.६७ प्रतिशत रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी (EPS) १२.१८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ कायम छ। खराब कर्जा दर ३.३३ प्रतिशतमा सीमित गरिएको छ, जुन सन्तोषजनक मानिन्छ।

बैंकको हालको चुक्ता पुँजी ५६ करोड ९६ लाख रुपैयाँ छ भने जगेडा तथा कोषमा १२ करोड ५९ लाख रुपैयाँ राखिएको छ।

यस वर्ष बैंकको निक्षेप संकलन २८.२५ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ पुगेको छ, भने कर्जा प्रवाह २० प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ पुगेको छ। समग्रमा, ग्रीन डेभलपमेन्ट बैंकको वित्तीय स्थिति मजबुत हुँदै गएको देखिन्छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *