Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

नेप्से ३००० अंक पार, नयाँ उच्चतर्फको यात्रा सुरु

नेप्से ३००० अंक पार, नयाँ उच्चतर्फको यात्रा सुरु

काठमाडाैं, ११ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सूचक ११ महिनाभन्दा बढी समयपछि इन्ट्रा–डे कारोबारमा ३००० अंकको स्तर पार गरेको छ। यो स्तर पछिल्लो पटक गत वर्षको भदौ ९ गतेमा देखिएको थियो, त्यसपछि बजार ओरालो लागेको थियो।

नेप्सेको बन्द सूचक हेर्ने हो भने, ३००० अंकको स्तर पोहोरको साउन ३० गतेमा ३०००.८१ अंकमा रोकिएको थियो। हालको बजार परिप्रेक्ष्यमा, गत असार १२ मा २५९५ अंकको स्तरमा नेप्से बन्द भएको थियो र त्यसपछिका दिनहरूमा बजारमा लगातार उकालो आएको देखिन्छ।

यस समय समाचार तयार गर्दा नेप्से ३००२ अंकमा कारोबार भइरहेको छ। यदि नेप्से ३००० अंकको स्तर पार गरेर उकालो जारी राख्छ भने आगामी प्रतिरोध ३२०० अंकको हुनेछ, जुन चार वर्ष अघि भदौ महिनामा तयार भएको थियो।

नेप्सेले ३२२७ अंक पार गर्दा यसलाई ‘बूलिश’ (सकारात्मक) बजार मानिनेछ र त्यसपछि बजारको प्रत्येक उच्चता नयाँ कीर्तिमानी बनाउने संभावना छ। अहिलेका लागि, नेप्सेले १५.७ प्रतिशतको वृद्धि हासिल गरिसकेको छ र नयाँ उच्चतर्फको यात्रा थाल्न सजिलो हुनसक्ने अपेक्षा गरिएको छ।

तर, नेपाल राष्ट्र बैंकले साउन १५ सम्म बैंकको ब्याज बुझाउन पाइने मिति सारिदिएपछि सेयर बजारमा पैसा निकाल्न चाहनेको संख्या बढेको अवस्थामा बजारमा केही करेक्सन आउने संभावना पनि रहेको छ। साढे ३ वर्ष अघि पनि यस्तै स्तरमा बजार ओरालो गयो थियो, त्यसैले ३००० अंकको स्तर नेप्सेका लागि एक महत्वपूर्ण प्रतिरोध बिन्दु बनिरहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *