Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

नेपाल पर्यटन बोर्डको १ अर्ब ६० करोड बजेट, पर्यटन क्षेत्रमा नयाँ उर्जा

नेपाल पर्यटन बोर्डको १ अर्ब ६० करोड बजेट, पर्यटन क्षेत्रमा नयाँ उर्जा

काठमाडाैं, ११ साउन । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कोरोना महामारीपछि शिथिल अवस्थामा रहेका पर्यटन क्षेत्रमा पुनः उर्जा ल्याउने उद्देश्यले यो बजेट तयार गरिएको हो।

बोर्डले यस बजेटमार्फत पर्यटन क्षेत्रलाई व्यावसायिक, प्रभावकारी र दिगो बनाउन प्राथमिकता दिएका छन्। बजेटले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने, पर्यटन प्रवाह बढाउने र समग्र पर्यटन प्रणालीलाई सक्रिय बनाउने लक्ष्य राखिएको छ।

बोर्डले बजेटको प्रमुख हिस्सा पर्यटन बजार व्यवस्थापन र प्रवद्र्धनमा केन्द्रित गरेको छ। कूल बजेटमध्ये ४३ करोड ६१ लाख रुपैयाँ यसै शीर्षकमा विनियोजन गरिएको छ। यसका साथै, कर्मचारी र कार्यालय सञ्चालनका लागि २६ करोड २७ लाख, पर्यटन सम्पदा र संरचना विकासका लागि १८ करोड ६३ लाख, र जनसम्पर्क तथा प्रचारप्रसारका लागि १२ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ।

पोखरा स्थित गण्डकी प्रदेश कार्यालयका लागि ११ करोड ६६ लाख र अन्य नयाँ प्रादेशिक तथा क्षेत्रीय कार्यालयको स्थापना र सञ्चालनका लागि ११ करोड १२ लाख विनियोजन गरिएको छ। विशेष प्रवद्र्धनात्मक गतिविधिका लागि ४ करोड ६२ लाख र अनुसन्धान, योजना र अनुगमन कार्यमा २ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बोर्डले पर्यटन आयमा १५ प्रतिशत वृद्धि गर्ने लक्ष्यसहित बजेट ल्याएको छ। यसले पर्यटक आगमन बढाउने, नयाँ पूर्वाधार संरक्षण गर्ने, जनशक्ति उत्पादन र डिजिटल प्रवद्र्धनमा ध्यान दिने छ। नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्न ५० प्रमुख स्रोत बजारमा कार्यक्रम सञ्चालन गर्ने योजना पनि ल्याइएको छ।

बोर्डले लुम्बिनी र सुदूरपश्चिममा प्रादेशिक कार्यालय खोल्ने तयारी गरिरहेको छ। माइस (सभा, सम्मेलन, सेमिनार) पर्यटन प्रवद्र्धनका लागि छुट्टै २ करोड रुपैयाँ छुट्याइएको छ। विदेशी पर्यटकलाई लक्षित गरेर आयोजित कार्यक्रममा ७५ प्रतिशत अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गरिनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *