Date

शनि, साउन १७, २०८२
Sat, August 2, 2025

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, १६ साउन । शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेर कारोबार भएको हो ।

जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार भने तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *