Date

मङ्ल, साउन २०, २०८२
Tue, August 5, 2025

कालिगण्डकी नदीमा बाढीको उच्च जोखिम, सेटिवेनी बजार डुबानको खतरा

कालिगण्डकी नदीमा बाढीको उच्च जोखिम, सेटिवेनी बजार डुबानको खतरा

काठमाडाैं, १९ साउन । लगातारको वर्षासँगै कालिगण्डकी नदीको पानीको स्तर उच्चतम बिन्दुमा पुगेको छ। मूसलधार वर्षा भएका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लामा नदीको पानीको स्तर वृद्धि भएको हो।

आज बिहान कालिगण्डकी नदीको प्रवाह यो वर्षकै सबैभन्दा उच्च ६ मिटर ४० सेन्टिमिटर नापिएको Gauge रीडर कृष्ण प्रसाद सुवेदीले जानकारी दिए। बिहानको समयमा यसले ७.४० मिटरको उचाइ पनि भेटेको थियो, जुन पछि वर्षा रोकिएपछि घटेको छ।

नदीको पानीको स्तर र प्रवाह बढेसँगै, पर्वत जिल्लाको जलजला गाउँपालिकाका बगरफाँट, बारीबनी, मिलन्चोक, लास्ती, खनियाँघाट, कुस्मा नगरपालिकाका मल्युङ, नयाँपुल, मोदिबेनी, फलिबास नगरपालिकाका जैमिनघाट र बिहादी गाउँपालिकाका सेटिवेनी बजारमा बाढीको उच्च जोखिम रहेको छ।

विशेषगरी पर्वत, स्याङ्जा र गुल्मीको सीमामा रहेको सेटिवेनी बजारमा बाढीको खतरा छ। कालिगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्यामबाट सबै ढोकाहरू खोलिएकाले यहाँ बाढीको जोखिम थपिएको हो। कालिगण्डकी र सेतिखोलाको प्रवाहमा वृद्धि भएसँगै सेटिवेनी बजार डुबानको जोखिममा परेको छ।

स्थानीय प्रशासन र राहत संस्थाहरूले सेटिवेनी बजार र अन्य प्रभावित क्षेत्रहरूमा निगरानी राख्दै जोखिमलाई सम्बोधन गर्न तयारी गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *