Date

बुध, साउन २१, २०८२
Wed, August 6, 2025

अवकाश लिनुअघि वरिष्ठ क्याप्टेन शेरचनले भरे अन्तिम उडान

अवकाश लिनुअघि वरिष्ठ क्याप्टेन शेरचनले भरे अन्तिम उडान

काठमाडौं, २० साउन । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्र शेरचन सेवाबाट अवकाश हुँदैछन् ।

सन् १९८८ देखि पाइलट सेवामा प्रवेश गरेका शेरचन आफ्नो कार्यकाल पुरागरि विहीबारदेखि अवकास हुन लागेका हुन् । निगममा निरन्तर ३७ वर्ष योगदान दिएका शेरचनले मंगलबार मलेसियादेखि काठमाडौंसम्मको आफ्नो अन्तिम उडान भरेका छन् ।

उनले आफ्नो कार्यकाल अवधिमा निगममा २३,००० घण्टाको उडान गरिसकेका छन् । नेपालको उड्डयन क्षेत्रमा आफुले उल्लेखनीय योगदान गरेर अवकाश प्राप्त गर्न लागेकोमा आफू उत्साहित पनि भएको उनले बताएका छन् ।

मलेसिया–काठमाडौं उडान पश्चात निगमका कर्मचारी तथा को पाइलट सहितको टिमले उनलाई केक काटेर विदाइ तथा सम्मान गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *